काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने परीक्षाका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ ।
आज गणतन्त्रवादी र राजावादीको प्रदर्शनले यातायात सेवा प्रभावित हुनसक्ने भएकोले विद्यार्थीलाई गन्तव्यमा पुर्याउन महानगरपालिकाले सहयोग गर्ने बताएको छ ।
काठमाडौं महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्याउने भएको छ । शुक्रबार बिहान एक सूचना जारी गर्दै प्रहरी बलले गन्तव्यमा पुग्न समस्या भए सम्पर्क गर्न आग्रह गरेको छ ।
बानेश्वर क्षेत्रमा रहेका विद्यार्थीले दिनेश कुमार अर्याल (९८५१०६८०९६), रत्नपार्क क्षेत्रका विद्यार्थीलाई मनोज प्रसाद लामिछाने (९८५१०९३१७६) नयाँ बसपार्क क्षेत्रका विद्यार्थीले पूर्णचन्द्र भट्ट (९८५१२३३६३३) र टेकु क्षेत्रका विद्यार्थीले प्रकाश पण्डित (९८५१०५६३४६)लाई सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ ।