सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

पुष्पपराग साहित्य प्रतिष्ठानले १२ जना स्रष्टालाई पुरस्कृत तथा सम्मान गर्ने

शुक्रबार, चैत्र १५ २०८१

काठमाडौँ । पुष्पपराग साहित्य प्रतिष्ठानले आफ्नो वार्षिकोत्सव २०८१ को अवसरमा १२ जना स्रष्टालाई पुरस्कृत तथा सम्मानित गर्ने निर्णय गरेको छ।

‘पुष्पपराग पुरस्कार छनौट समिति’को सिफारिसलाई आधार मानेर प्रतिष्ठानको कार्यसमितिले यो निर्णय गरेको हो।

यस वर्षको ‘पुष्पपराग वर्ष सम्मान २०८१’ बाट साहित्यकार धनमान श्रेष्ठ सम्मानित हुनुहुनेछ। त्यस्तै, ‘बि.के. स्मृति पुरस्कार’ बाट डि आर राई, ‘निलगंगा भाषा साहित्य पुरस्कार’ डा यज्ञश्वर निरौला, ‘बालकुमारी छन्द कविता पुरस्कार’ रत्ननिधि रेग्मी शुक्रचार्य, र ‘शुक्र मन्दिर लोक साहित्य पुरस्कार’ शितल गिरी (चित्र बहादुर गिरी) ले प्राप्त गर्नेछन्।

यसैगरी ‘तिलकुमारी खड्का स्मृति पुरस्कार’ रुद्र अधिकारी, ‘चेवन चन्द्र बस्नेत गद्य कविता पुरस्कार’ पदम दाहाल (पद्मप्रसाद दाहाल), ‘कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार’ जुनु घिमिरे, र ‘पद्मावती गीत,सङ्गित पुरस्कार’ सन्तोष श्रेष्ठलाई प्रदान गरिनेछ।

‘सफलता स्मृति पुरस्कार’ गौरी देवकोटा र ‘पुष्पपराग मानर्थ सम्मान २०८१’ नवराज लम्सालले प्राप्त गर्ने भएका छन्। ‘पुष्पपराग युवा साहित्य सम्मान’ विके माकाजुलाई प्रदान गरिने भएकाे छ।

पुरस्कृत तथा सम्मानित सम्पूर्ण स्रष्टाहरूलाई पुष्पपराग कार्यसमितिले बधाई ज्ञापन गरेको छ।

वार्षिकोत्सव कार्यक्रमको मिति र स्थानबारे छिट्टै विस्तृत विवरण सार्वजनिक गरिने संस्थाले जनाएको छ।