काठमाडौं । कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गरेका छन्।
बैठक सुरु हुनासाथ विपक्षी दलको सांसदहरूले उठेर विरोध जनाएका हुन्।
बैठक सुरु हुनासाथ सांसद गोपीबहादुर सार्की बोलेका थिए । कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले राष्ट्रिय सभाको बैठकमा आएर स्पष्टीकरण नदिएसम्म बैठक चल्न नदिने उनले बताए ।
कुलमानलाई हटाउने सरकारको निर्णयको विरोध विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेका थिए। विपक्षी दलको अवरोधले आधा घण्टाका लागि स्थगित भएको बैठक अझै सुरु हुन सकेको छैन।