सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

बुधबार, चैत्र १३ २०८१

काठमाडौं  । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । भूमिसम्बन्धी अध्यादेश अघि बढाउने विषयमा साझा सहमति गर्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

बैठक मंगलबार पनि बसेको थियो । मंगलबारको बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी नहुँदा भूमिसम्बन्धी अध्यादेशमा साझा सहमति हुन सकेको थिएन । आजकाे बैठकमा उनी सहभागी छन् ।

बैठकमा बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल, कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे  जसपाका मनिष सुमनलगायत नेता सहभागी छन् ।

यता विपक्षी दलहरूले कुलमान घिसिङलाई हटाइएको विरोधमा सदन अवरोध गरेका छन् । उनीहरुको प्रधानमन्त्रीको जवाफ माग्दै संसद अवरुद्ध पारेका छन् ।