सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

घिसिङ बर्खास्तीको विरोधमा विपक्षी दलहरूले गरे संसद अवरुद्ध, आधा घण्टाका लागि बैठक स्थगित

बुधबार, चैत्र १३ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरुले संसद् अवरोध गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरु उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरुको तर्फबाट माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए ।

उनले सरकारले कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति जनाउँदै सरकारको जवाफ मागे । स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि घिसिङलाई कार्यकारी निर्देशकबाट हटाइएको उनको आरोप थियाे ।

कुलमानलाई हटाईएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै बस्नेतले आफ्नो अभिव्यक्ति टुँग्याएका थिए ।

विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरिरहेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गराएका छन् ।