सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

इटहरी सेन्टर प्लाजाकाे आगलागी नियन्त्रण बाहिर, एक जनाको उद्धार

बुधबार, चैत्र १३ २०८१

विराटनगर । सुनसरीको इटहरीमा रहेकाे सेन्टर प्लाजामा आगलागी भएको छ ।

इटहरीस्थित सेन्टर प्लाजामा बुधबार बिहान ९ः४३ बजेदेखि लागेको आगो अझै नियन्त्रण बाहिर रहेको छ ।

प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जनाएको छ ।

इटहरी उपमहानगरपालिकाका दुई वटासहित आधा दर्जन बढी दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

सेन्टर प्लाजामा रहेका एक जनाको उद्धार गरिएको छ ।

अन्यको पनि उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । अन्य कति जना छन् भन्ने खुलेको छैन ।