सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

सरकारलाई बालेनको चुनौती : गलत भए मलाई जेल हाल

मंगलबार, चैत्र १२ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले आफूलाई जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन् ।

भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै उनले सामाजिक सञ्जालमार्फत आफूले उठाएका कुरा गलत भए जेल हाल्न चुनौती दिएका हुन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध महानगरका कर्मचारीहरुले बनाएको राय प्रतिवेदन उनले सार्वजनिक समेत गरेका छन् ।

काठमाडौँ महानगरपालिका– २८ मा निर्माणाधीन काठमाडौं टावर परियोजनाबारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘माथीको कुरा गलत भए मलाइ जेल हाल ।’