बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कुलमानलाई हटाएको विरोधमा ऊर्जामन्त्री खड्काको पुत्लादहन

मंगलबार, चैत्र १२ २०८१

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएकाे छ ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् ।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले प्रदर्शनीमार्गस्थि विश्वभाषा क्याम्पसबाट खड्काको पुत्ला जलाउँदै प्रदर्शन गरेका थिए । लगतै प्रहरीले हस्तक्षेप गरेर आगो निभाइएको छ ।

प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए ।