सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने बालेनको धम्की

मंगलबार, चैत्र १२ २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अबको एक हप्ताभित्र आफ्ना कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने धम्की दिएका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् मेयर शाहले सरकारकै कारण विगत ३ महिनादेखि सरसफाइका कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् ।

‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले विगत ३ महिनादेखी तलब पाको छैन, सरकारको दम्भले,’ मेयर शाहले भनेका छन्, ‘को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु !’

उनले दलका नेताप्रति भएका संकेत गर्दै भनेका छन्, ‘त्यो पछि हेरौंला तिमीहरूको के के तन्त्र हो !’

प्रमुख प्रशासकीय अधिकृतको विवादले महानगरपालिकामा कर्मचारीको तलव रोकिएको छ ।