विराटनगर। नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आज आइतबार विराटनगरमा शुरू हुँदैछ ।
तीन दिनसम्म चल्ने महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने चौतारीले जनाएको थियो ।
तर, चौतारीको भावी नेतृत्वका लागि देखिएको विवादका कारण ओली नआउने भएका छन् ।
अब महाधिवेशनको महासचिव शंकर पोखरेलले उद्घाटन गर्नेछन् ।
महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगेका छन् ।
चौतारीको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि राईलाई अध्यक्ष बनाउने तयारीसहित पाण्डेलाई एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिइएको थियो । तर फागुन २८ गते सचिवमा मनोनीत भएका पाण्डेले चौतारीको अध्यक्ष उठ्ने भएकाले दोहोरो जिम्मेवारीमा नरहने भन्दै चैत ८ गते राजीनामा दिएका थिए ।
केन्द्रीय नेतृत्वले सर्वसम्मत रुपमा नेतृत्व छनोट गर्न निर्देशन दिएको छ । तर महाधिवेशन प्रतिनिधि भने निर्वाचन मार्फत नेतृत्व छान्नु पर्ने पक्षमा छन् ।