काठमाडौं । काठमाडौंको पद्मकन्या क्याम्पसमा स्ववियू निर्वाचनका लागि मतदान जारी छ ।
चैत ५ गतेका लागि तय भएको निर्वाचन विवादका कारण स्थगित भएपछि आज मतदान भएको हो । अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । विद्यार्थीबाहेक अन्यलाई भित्र प्रवेश गर्न दिइएको छैन ।
पद्मकन्या क्याम्पसमा नेविसंघबाट पूर्णिमाया परियार सभापतिको उम्मेदवार छिन् । यहाँ एमाले र मओवादी निकट विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका छन् ।
सभापतिमा अनेरास्ववियुबाट सुनिता घिमिरेको उम्मेदवारी छ । अनेरास्ववियु क्रान्तिकारीबाट सचिव पदमा सदीक्षा पोखरेल उम्मेदवार छिन् ।