पाल्पा । सहिद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा एमाले निकट अनेरास्ववियुले जितेको छ ।
नेरास्ववियुबाट अध्यक्ष राजन गौतम, सचिव विमल क्षेत्री, कोषाध्यक्ष सच्चा रेग्मीसहित प्यानल निर्वाचित भएको हो ।
स्थानीय राजाराम घिमिरेका अनुसार यहाँ ३१ वर्षपछि नेविसंघको विरासत तोडिएको हो । नेविसंघविरुद्ध अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त प्यानल बनाएका थिए ।
सभापति पदमा अनेरास्ववियु र अखिल ९क्रान्तिकारी० संयुक्त प्यानल राजन गौतम ३०१ नेविसंघ कसम मल्ल २६१ मत प्राप्त गरेका छन् । सचिव पदमा अनेरास्ववियुका विमल क्षेत्री २८२ मत ल्याउँदा नेविसंघका बन्दना गैरे २७७ ल्याएकी थिइन् ।
कोषाध्यक्ष पदमा अनेरास्ववियुका सच्चा रेग्मीले २९९ मत ल्याउँदा नेविसंघका धनकला राना २५६ मत ल्याएकी थिइन् ।
सदस्यहरूमा अनेरास्ववियुका निरुता ढेगा २६३, इन्द्र बहादुर सोति २६०, नेविसंघकासदिक्षा ढकाल २७३ शशी ढकाल २६०, सबिना भण्डारी २६१ विजयी भएका छन् । भुवन न्यौपाने( २५९ ,कमल सारु( २५८ अनिता श्रेष्ठ( २५९ उम्मेदवारहरु बसन्ती सुनारी( २५४ मत प्राप्त गरेका छन् ।