विराटनगर । कोशी प्रदेशकै सबैभन्दा ठूलो महेन्द्र मोरङ क्याम्पसमा अखिल (क्रान्तिकारी) ले स्ववियु सभापतिमा विजय हासिल गरेको छ ।
स्ववियु निर्वाचनअन्तर्गत क्रान्तिकारीका रोहित यादव १ हजार ११८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्।
उनका निकटतम् प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ) का प्रज्वल विष्टले १ हजार ७५ मत प्राप्त गरे । अनेरास्ववियुका अनिष बोगटीले भने २३२ मत प्राप्त गरे ।
रोहित यादवले ४३ मत अन्तरले जित्दा नेविसंघका बागी उम्मेदवार योगराज दाहालले ६० मत प्राप्त गरेका थिए ।
नेविसंघले सचिव र कोषाध्यक्षमा भने जित हासिल गरेको छ । सचिवमा नेविसंघका सुदीक्षा थापामगर ७ सय ४१ मतसहित विजयी भइन् उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका राकेशकुमार यादवले ५ सय ८८ मत पाए ।
कोषाध्यक्षमा नेविसंघका रोशनकुमार पासवान विजयी भए । पासवानले ८ सय ९३ मत ल्याउँदा अखिल क्रान्तिकारीका राजीव यादवले ८ सय २७ मत पाए ।