सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

श्रीलंकाका लागि नेपाली राजदूत नेपालीले लिए पद तथा गोपनयिताको शपथ

बुधबार, चैत्र ६ २०८१

काठमाडौं । राष्ट्रपतिको कार्यालय शीतल निवासमा श्रीलंकाका लागि नेपालको नविनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनयिताको शपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

नेपालीलाई मन्त्रिपरिषद् बैठकले गत मंसिर ६ गते राजदूतका लागि सिफारिस गरेको थियो । उनलाई १४ पुसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।