सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

कांग्रेसका प्रमुख सचेतक घिमिरले संसदबाटै मागे माफी

बुधबार, चैत्र ६ २०८१

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभा बैठकमा ‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भनेर धारणा राखेकामा क्षमा याचना गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना गरेका हुन् ।

उनले आफ्नो विचारले संसदका सदस्य र जनमानसमा नकारात्मक प्रभाव परेको भए सम्मान गर्दै क्षमा माग्छु भनेका छन् ।

घिमिरेले आइतबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर देशको विकासका लागि कानुनी व्यवस्था गरेर यौन व्यवसाय खुला गर्नुपर्ने प्रस्ताव राखेका थिए । ‘धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन्। पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ। यसबाट धेरै विदेशी पर्यटक आउँछन्। यसले मुलुकको आर्थिक संमृद्धिका लागि योगदान पुग्छ,’ उनले भनेका थिए।

घिमिरेको उक्त अभिव्यक्तिको सदनमा विशेषगरी महिला सांसदले प्रतिरोध गरेका थिए भने मंगलवार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा पनि आलोचना भएको थियो ।

बैठकपछि काँग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रमुख सचेतक घिमिरेले संसदमा यौन व्यवसाय खुला गर्नुपर्ने कुरा उनको नितान्त भएको र पार्टीको आधिकारिक धारणा नभएको बताएका थिए ।