काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा दीपक थापा नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका प्रहरी प्रमुख बसन्तबहादुर कुँबरले आज राति १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन् ।
आईजीपी बन्ने लाइनमा रहेका राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरीको ३१औं आईजीपी बनेका हुन् ।
उनी २०६३ भदौ ८ मा डिएसपी, २०७२ साउन ८ मा एसपी, २०७५ फागुन ६ गते एसएसपी र २०७९ असार १७ गते डिआइजी भएका थिए।
उनी २०७९ चैत ६ गते उनी एआइजीमा बढुवा भएका थिए।