बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

केन्द्रीय समितिको बैठक बोलाउने रास्वपाको निर्णय

सोमबार, चैत्र ४ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रिय समितिको बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

बैठक बस्ने समय चाँडै तय गरिने निर्णय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार आजको बैठकमा बिगतमा भएका निर्णयहरूको कार्यान्वयनका बारेमा जानकारी लिने र दिने काम भएको हो ।

यसैगरी, वर्तमान राष्ट्रिय राजनीतिका बारेमा केन्द्रीय उपसभापति डा स्वर्णिम वाग्लेले जानकारी गराएको कार्यवाहक प्रवक्ता झाले बताए। संसदीय गतिविधिबारे र अहिले भइरहेको अधिवेशनबारे दलका उपनेता विराजभक्त श्रेष्ठ र प्रमुख सचेतक सन्तोष परियारले बैठकमा जानकारी दिए ।