सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

आज प्रहरीले नयाँ नेतृत्व पाउँदै

सोमबार, चैत्र ४ २०८१

काठमाडौं । सरकारले नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) चयन नगर्दै बहालवाला आईजीपीसहितका उच्च अधिकृत बिदा हुँदैछन् ।

आईजीपी वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधिको कारण सोमबारदेखि अवकाशमा जाने भएपछि नयाँ आईजीपी नियुक्त हुने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन्।  उक्त बैठकले नेपाल प्रहरीमा आज राति १२ बजेबाट रिक्त हुने र भोलि बहाली हुने गरी ३१ औँ आईजी नियुक्त गर्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डाकिएको बैठकले नेपाल प्रहरीका महानिरिक्षक (आईजी) नियुक्त गर्नेछ।

बैठकले आईजीका लागि योग्य तीन प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ मध्ये एक जनालाई नियुक्त गर्नेछ।  उनीहरु तीनै जना २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका हुन् ।  ३१औँ आइजिपीका लागि एआइजीहरू प्रतिस्पर्धामा छन् ।

यसैबीच, आईजी बसन्तबहादुर कुँवरले सोमबारै प्रहरी प्रधान कार्यालयबाट विदा लिने भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले त्यही समयमा आईजी वसन्तबहादुर कुवरसहितका उच्च अधिकृतको बिदाई कार्यक्रम तय गरेको छ ।

उनी नेपाल प्रहरीको नेतृत्व २२ महिना गरेर ३० बर्षे सेवा अवधिका कारण निवृत्त हुन लागेका हुन्।