काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर सातस्थित नवदुर्गा टोलको प्राङ्गणमा नवदुर्गा टोल सुधार सेवा समाजको छैठौं साधारण सभा सम्पन्न भएको छ।
पानसमा बत्ति बालेर उद्घाटन गरिएको साधारण सभाका प्रमुख अथिति कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर सातका वडाअध्यक्ष भिमसेन थापा, कार्यक्रमको सभापति नवदुर्गा टोल सुधार सेवा समाजका अध्यक्ष गोबिन्दबहादुर भट्टराई, विशिष्ट अतिथिहरुमा न्यायाधीश डा. पर्शुराम भट्टराई र फडेश्वोरी घिमिरे भट्टराई, अतिथिहरु गृह मन्त्रालयका उपसचिव डोेरेन्द्र निरौला, यूवा उद्यमी चन्द्र केसी, इको कनेक्सन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिताराम तिमल्सिना, खोटाङ हलेसी सेवा समाजका अध्यक्ष ईन्दा थापा, वैदेशिक रोजगार संघका सचिव कर्णराज कटुवाल, जेष्ठ नागरिक दुर्गा प्रसाद चौलागाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
साधारण सभामा उपस्थित अतिथिहरुलाइ संस्थाको तर्फबाट खादा र ब्याज बितरण गरि सम्मान गरिएको थियो।
यसैगरी साधारण सभामा नवदुर्गा टोल सुधार सेवा समाजका उपाध्यक्ष गोरखराज ओझाले स्वागत मन्तब्य राखेका थिए।
साधारण सभामा गृह मन्त्रालयका उपसचिव डोेरेन्द्र निरौला संयोजक ,राजन कुमार कार्की र जगदीश काफ्ले सदश्य रहेको निर्वाचन कमिटीले नवदुर्गा टोल सुधार सेवा समाजको छैटौं नयाँ कार्यसमिति निर्विरोध चयन गरेको थियो।

छैटौं नयाँ कार्यसमितिमा अध्यक्ष गोबिन्दबहादुर भट्टराई,उपाध्यक्ष गोरखराज ओझा, सचिव पर्शुराम अधिकारी,सहसचिव तुलसा कार्की,कोषाध्यक्ष रुद्र प्रसाद चौलागाईं, सदस्यहरु बाल कुमारी फुयाल,दिपक शाह,मान बहादुर कार्की ,निरुपादेवी दाहाल,साधना केसी,सृजना कार्की, रुवि रोक्का र दुर्गादेवी बिष्ट रहेका छन् ।

त्यसअघि साधारणसभाले निवर्तमान कोषाध्यक्ष महेन्द्र थपलियाले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदनलाई छलफल गरी पारित गरेको थियो।
साधारणसभाले टोल सुधारका लागि नयाँ कार्ययोजना सहितका महत्वपूर्ण प्रस्ताबहरु माथि पनि छलफल गरेको थियो। साधारण सभामा टोलबासीको उल्लेख्य उपस्थिति रहेको थियो।
यसैगरी साधारणसभाले सल्लाहकारमा निवर्तमान कोषाध्यक्ष रहेका महेन्द्र थपलियालाई सर्वसम्मत चयन गरेको थियो।
कार्यक्रमको संचालन नवदुर्गा टोल सुधार सेवा समाजका सचिव पर्शुराम अधिकारीले गरेका थिए।