सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

एमाले सचिवालय बैठक बस्दै

सोमबार, चैत्र ४ २०८१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ४६औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको हाे ।

बैठकमा सरकार सञ्चालन, पार्टीका गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १:०० बजे बस्ने छ ।