काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम हुन् ।
उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडाैं आउने तयारीमा रहेकाे बुझिएको छ ।
शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका थिए। राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा उनले प्रचण्डको फोटो जलाएका थिए ।
सो कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंह समेत सहभागी थिए।
सिन्धुपाल्चोकमा शुक्रबार आयोजित जनसभामा प्रचण्डले पूर्वराजालाई संविधानको दायराभित्र रहन सचेत गराउँदै इँटको जवाफ पत्थरले दिने चेतावनी दिएपछि राप्रपा प्रचण्डविरुद्ध आक्रामक भएको छ।