सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

चूडामणि शर्माको मुद्दा न्यायाधीशद्वय रेग्मी र चुडालको इजलासमा

आइतबार, चैत्र ३ २०८१

काठमाडौँ । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको रिट पेसीमा चढेको छ ।

उनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासमा आइतबार सुनुवाइ हुन लागेको हो ।

गत फागुन १९ मा सर्वोच्चले  शर्माको मुद्दामा नेपालगन्जस्थित माछापुच्छ्रे बुक्स एन्ड स्टेसनरी सेन्टर र पर्वत पुस्तक पसल सप्लायर्सबाट प्रमाण मगाउन आदेश दिएको थियो ।

शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साउन १ गते १० अर्ब राजस्व चुहावट गरी राज्यलाई हानी पुर्‍याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।   विशेषले भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गर्दै ९ वर्ष कैदसहित बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड १७ लाख रुपैयाँ तिराउन आदेश गरेको थियो ।

उक्त फैसलाविरुद्ध गत साउनमा उनी बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च गएका थिए ।