बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मन्त्री पाण्डेमाथि कारवाही माग गर्दै कांग्रेस अनुशासन आयोगमा सांसद बजगाईले दिए उजुरी

शनिबार, चैत्र २ २०८१

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेविरुद्ध विभिन्न ४ आरोपसहित पार्टी केन्द्रीय अनुशासन आयोगमा उजुरी गरेका छन् ।

पाण्डेले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङको विचारधाराको पक्षपोषण गर्नुको साथै कांग्रेसको सिद्धान्त, संविधान र राष्ट्रिय हितविपरीत बोलेको बजगाईँको आरोप छ ।

सह-महामन्त्री एवं मन्त्री पाण्डेविरुद्ध अनुशासनात्मक छानबिन गरी यथाशीघ्र कारबाहीको माग गरिएको छ ।

मन्त्री पाण्डेको अभिव्यक्तिमाथि विस्तृत छलफल गर्न आवश्यक ठहरिएमा विधानअनुसार निर्णय गर्न पनि उनले भनेका छन् ।