बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्ववियु चुनाव : अनेरास्ववियु ३२, नेविसंघ ८ र क्रान्तिकारीले २१ क्याम्पसमा निर्विरोध अध्यक्ष जितेको दाबी

बुधबार, फाल्गुन २८ २०८१

काठमाडौं । आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत विद्यार्थी संगठनहरुले देशभर अधिकांश क्याम्पसमा मनोनयन दर्ता भएकोमा केही साना र थोरै विद्यार्थी संख्या भएका जिल्लाका स्ववियुमा भने सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेको हो।

एमाले निकट अनेरास्ववियुले ३२ क्याम्पसको सभापति निर्विरोध पाएकाे दाबी गरेकाे छ भने माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले २१ क्याम्पसमा सभापति निर्विरोध जितेको दाबी गरेको छ।

क्रान्तिकारीले जुगल बहुमुखी क्याम्पस सिन्धुपाल्चोकको अध्यक्षमा सुस्मिता श्रेष्ठ, सितल क्याम्पस चौरजहारी रुकुम पश्चिममा प्रकाश डाँगी, नेत्रावती सामुदायिक क्याम्पस धादिङमा अभिसेक थपलिया, शान्ति आदर्श बहुमुखी क्याम्पस बझाङमा बम धामी, राडी ज्युला शिक्षा क्याम्पस रूकुम पश्चिममा सुप्रिम वली, सुर्योदय क्याम्पस हुम्लामा रिमिलाल बुढा, सिम्रुतु क्याम्पस रुकुम पश्चिमा दिपेन्द्र ओली स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै गल्बा क्याम्पस हुम्लामा रिमिलाल बुढा, शंकरपुर क्याम्पस दार्चुलामा जानकी टमटा, सहयोगी क्याम्पस काठमाडौंमा प्रदीप श्रेष्ठ, श्रीकृष्ण क्याम्पसमा सबिन श्रेष्ठ, सन्जिबनी क्याम्पस काभ्रेमा दीपक रानामगर, प्रभा क्याम्पस काभ्रेमा सुजन चौलागाईं अध्यक्षमा निर्विरोध भएका छन् ।

क्रान्तिकारीबाट स्ववियु अध्यक्षमा निर्विरोध निर्वाचित हुने अन्यमा आदर्श जनता क्याम्पस सर्लाहमा रेबेन्द्र दाहाल, बनगार्ड क्याम्पस सल्यानमा जीवन विष्ट, सिध्दपृथ्वी जनता क्याम्पस श्रीगाउँ दाङमा सुदीप चौधरी, सिंजा बहुमुखी क्याम्पस जुम्लामा सन्तोष आचार्य, सानोभेरी शिक्षा क्याम्पस रुकुमपश्चिममा वीरभान भण्डारी, स्यार्पु बहुमुखी क्याम्पस रुकुपश्चिममा टेकराज विश्वकर्मा, रोल्पा नमुना क्याम्पसमा ओनसरी घर्तीमगर र लिकु संयुक्त क्याम्पस डोल्पामा राजेन्द्र बुढा छन् ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले हालसम्म ३२ क्याम्पसको स्ववियु अध्यक्ष निर्विरोध जितेको दाबी गरेको छ।

अनेरास्ववियुबाट माडव्य क्याम्पस पाल्पामा सौगात कोइराला, शिक्षा क्याम्पस बैतडीमा अकबर चन्द, संखुवासभा बहुमखी क्याम्पसमा चेतन भण्डारी, तेज निरला क्याम्पस मुस्ताङमा अन्जु परियार निर्विरोध स्ववियु अध्यक्ष चुनिएका छन्।

नवप्रभात क्याम्पस बैतडीमा सपना चन्द दर्छा, रामपुर क्याम्पस पाल्पामा अनिषा कोइराला, मंगला शिक्षा क्याम्पस म्याग्दीमा एल्डिस पुन, सेती क्याम्पसमा दीपेन्द्र दौल्याल निर्विरोध अध्यक्ष निर्वाचित भएका छन्।

त्यस्तै मैनापोखर शारदा बहुमुखी क्याम्पसमा सागर खत्री, दार्चुलाको लटिनाथ क्याम्पसमा रुकेशसिंह विस्ट, दार्चुलाको कृष्ण स्नातक क्याम्पस लालीमा ओमकार पाल निर्विरोध अध्यक्ष निर्वाचित भएका छन्। बैतडीको नव प्रभात संयुक्त क्याम्पसमा सपना चन्द, देवदह आदर्श बहुमुखी क्याम्पसमा अस्विन न्यौपाने, बुढिनन्दा क्याम्पसमा भाष्कर शाही, हिमशिखर बहुमुखी क्याम्पस सुर्खेतमा मीना रावत अध्यक्ष निर्वाचित भएकी छन्।

धनकुटा बहुमुखी क्याम्पसमा युवा तिमिल्सिना, धुलिखेल क्याम्पसमा स्वागत चापागाईं, कुशादेवी क्याम्पस मोनिका हुमागाईं, जनक क्याम्पस सञ्जीव गिरी, सर्वमंगला क्याम्पस काभ्रेमा श्रीकृष्ण भट्टराई, तेजगंगा क्याम्पसमा सुजन सापकोटा अध्यक्ष निर्वाचित भइसकेका छन्।

जनआदर्श बहुमुखी क्याम्पसमा अनुज न्यौपाने, दिगाम आदर्श बहुमुखी क्याम्पस गुल्मीमा उषा पाण्डे, सिन्धु भ्याली क्याम्पस सिन्धुपाल्चोकमा सन्दिपा चौलागाईं, हिले क्याम्पस धनकुटामा विशाल टिन्टुङ, बर्दिया बहुमुखी क्याम्पसमा दुर्गा खत्री, सिम्ता बहुमुखी क्याम्पस सुर्खेतमा रुद्र रावत, जाल्पादेवी क्याम्पस धनकुटामा चेतराज पौडेल र शारदा क्याम्पस सल्यानमा विश्व खड्का निर्विरोध अध्यक्ष चुनिएका छन्।

यी हुन् नेविसंघले निर्विरोध जितेका क्याम्पसका स्ववियु सभापति

१. चैतन्य क्याम्पस काभ्रेपलाञ्चोक, राजु लामा
२. ईन्द्रेश्वर क्याम्पस काभ्रेपलाञ्चोक, सुदिप कुँवर
३. मंगलजन विजय क्याम्पस काभ्रे, युगवहादुर दमै
४. प्रकाश क्याम्पस काभ्रेपपलाञ्चोक, नविन रिजाल
५. पार्वती क्याम्पस काभ्रेपलाञ्चोक, प्रकाश श्रेष्ठ
६. महेन्द्र वहुमुखी क्याम्पस दाङ, दिपेश कुमार डिसी

७. अपिनाम्पा क्याम्पस, दार्चुला
८ राष्ट्रिय क्यम्पस दत्तु,दार्चुला