बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, अन्य चार जना घाइते

बुधबार, फाल्गुन २८ २०८१

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका-७, रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ, भने अन्य चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय नेत्रकला जैशी रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिनाले बताइन् ।

उनका अनुसार घाइते हुनेमा तिर्थकला जैशी तिर्थकला जैशी दक्षिमा जैशी र मन्जु जैशी रहेका छन् ।

अहिले घाइतेको रोडिकोटमै रहेको स्वास्थ्यचौकीमा प्रथामिक उपचार भइरहेको छ ।