मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

प्रतिनिधि सभा बैठकमा मन्त्री उपस्थित नभएपछि….

बुधबार, फाल्गुन २८ २०८१

काठमाडौं । प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै १५ मिनेटका लागि स्थगित गरिएको छ ।

बुधबार विहान ११ बजेका लागि बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले संसद बैठक सुरु गर्ने वित्तिकै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदमा सरकारको उपस्थिति नदेखिएको बताउँदै आपत्ति जनाए । सरकारले आफूहरुलाई हेपेको भन्दै बैठक अघि नबढाउन सभामुख समक्ष आग्रह गरे ।

‘हामी जनप्रतिनिधिहरूलाई हेपिरहेको छ। एउटा कुरामा मात्र होइन। हरेक कुरामा। हाम्रा  अभ्यासहरू सरकार मानिरहेको छैन। अहिले सदन सुरू भएको छ। यतिखेर मन्त्रीहरू, सरकारको प्रतिनिधि कोही पनि छैन। हामी समितिहरूमा, उपसमितिहरूमा जान्छौं। प्रतिपक्षी दल उपस्थित हुन्छ। तर सरकार उपस्थित हुँदैन। त्यसैले यो बैठक चल्दैन। सरकार नभइकन। हाम्रो नियमावलीको अभ्यास अनुसार त्यसैले तुरुन्त बन्द गरियोस् ।’  उनले भने ।

बैठकमा सरकारका मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ। बैठकमा सरकारका कुनै पनि मन्त्रीको उपस्थिति थिएन ।

सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम ५ बमोजिम संसद सञ्चालनका लागि मन्त्रीको उपस्थिति अनिवार्य भएकाले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराए ।