मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु

मंगलबार, फाल्गुन २७ २०८१

जनकपुरधाम  । मधेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका प्रहरीको मृत्यु भएको छ।

प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको हो। आइतबार राति पेट र छाती दुखेपछि अस्पताल भर्ना भएका यादवको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

सिरहा नगरपालिका २५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा रहेको थियो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।