मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

तोसिमा कार्कीको सांसद पद रहने/नरहने आज फैसला गर्दै सर्वोच्च

मंगलबार, फाल्गुन २७ २०८१

काठमाडौं । ललितपुर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको पद रहने / नरहने फैसला आज हुने भएको छ ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उमेदवार भई निर्वाचित सांसद डा तोसिमाको रिटमा फैसलाको मिति आजका लागि तोकेको छ ।

सांसद कार्कीले २०७९ कात्तिक १४ गते दायर गरेको मुद्दामा सुनुवाइ पूरा भई यही फागुन ४ गतेका निम्ति तोकिएको मुद्दाको निसु (निर्णय सुनाइने) आजलाई सारिएको थियो । निर्णय सुनाउन न्यायाधीशद्वय मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा पेसी तोकिएको छ ।

नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेकै अवस्थामा कार्की प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी थिइन् ।

त्यसपछि निर्वाचन आयोगले लाभको पदमा रहेको अवस्थामा उम्मेदवारी दिन नमिल्ने भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसविरुद्ध कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

आज कार्कीको पद रहने/नरहने फैसला हुने छ ।