काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशीको प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिए।
त्यसअघि उनी पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।
प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन नेकपा एमाले र नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।