काठमाडौं । कलाकारसमेत रहेका युवा ज्योतिष हरिहर अधिकारीले आफ्नो सल्लाह अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहले साइत बिग्रने डरले दही खाएर काठमाडौं फर्किन लागेको दाबी गरेका छन् ।
आफूले आज लेखेको स्टाटसपछि पूर्वराजा दही खाएर निस्किन लागेको उनको दाबी छ ।
पूर्वराजा पोखराबाट काठमाडौं आउन लागेको सन्दर्भमा अधिकारीले आज बिहानै स्टाटस लेखेर असन्तुष्टि जनाएका थिए । राम्रा साइत नहेराईकन यो यात्रा तय गरिएको भन्दै उनले दही खुवाएर निस्किन सुझाव समेत दिएका थिए ।
उनले लेखेका छन् ‘ज्योतिष शास्त्रअनुसार आज यात्रा गर्दा ध्यान दिनु पर्ने केही कुराहरू मैले केही समय अघि पोस्ट गरेको थिएँ, त्यसै अनुरूप राजाले पनि दही खाएर पश्चिम दिशाबाट यात्रा गर्नु हुने कुरा जानकारीमा आएको छ ! उहाँ लगायत सबैको यात्रा शुभ रहोस्’!
पछिल्लो केहि समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपराहन्न काठमाडौं आउन लागेका छन् ।