बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले रसुवाका अध्यक्षद्वारा पार्टी परित्यागको घोषणा

आइतबार, फाल्गुन २५ २०८१

काठमाडौं । नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन शर्माले पार्टीका सबै पद त्यागको घोषणा गरेका छन्।

शनिबार हिमालय टेलिभिजनलाई अन्तरवार्ता दिँदै अध्यक्ष ढकालले अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

रसुवालाई एमाले संगठनको नमुना जिल्ला बनाएको तर आफुमाथि जिल्ला ईञ्चार्जसहितका नेताबाट पटक पटक भौतिक आक्रमण र असहयोग हुँदा केन्द्रले कुनै सुनुवाइ नगरेको ढकालको गुनासो छ।

उनले भनेका छन्, ‘पार्टी अध्यक्षलाई घेराबन्दी गर्ने, काम गर्न नदिने र गरेका कामहरूलाई जस नदिने प्रवृत्ति जन्मियो, यसबारे केन्द्रका महासचिव र प्रदेश इन्चार्जलाई पनि भनियो, तर समस्या समाधानमा चासो भएन । रसुवामा जराकेन्द्रित अभियान रोकिएको छ । किन रोकियो भनेर पनि मैले भनेको छु ।’

आफूमाथि जिल्ला सचिवसहितका नेताहरुबाट भएको आक्रमण र अपमान सहन नसकेर पार्टी छाडेको ढकालको तर्क छ। आगामी दिनमा स्वतन्त्र नागरिकको हैसियतमा जनताकै बीचमा रहने ढकालले घोषणा गरेका छन् ।

ढकाल २०७० को संविधानसभा सदस्यमा रसुवाबाट निर्वाचित भएका थिए। तत्कालिन नेकपाको केन्द्रीय सदस्य समेत रहेका ढकाल पछिल्लो पटक रसुवा अध्यक्ष थिए।