मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

जन आन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समय खेर नफालौं : महासचिव पोखरेल

शुक्रबार, फाल्गुन २३ २०८१

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै महासचिव पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।

महासचिव पोखरेलले अढाइ सय वर्षसम्म नेपाली जनताले राजतन्त्र भोगेको भन्दै अहिले राजा ल्याउने नाममा अमूल्य समय खेर नफाल्न आग्रह समेत गरेका छन् ।

महासचिव पोखरेलले लेखेका छन्, ‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्। तर, गणतन्त्रको विकल्प राजतन्त्र हुँदै होइन। अढाइ सय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो। जनआन्दोलनबाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मूल्यवान समयलाई खेर नफालौं।’

पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहहरुले पूर्वराजाको पक्षमा सडक आन्दोलन चर्कारहेको बेलामा एमाले महासचिव पोखरेलले यस्तो विचार व्यक्त गरेका हुन् ।