काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई भ्रष्टाचार ठहर गरेको हो । उनीहरु एमडीएमएस भ्रष्टाचार आरोपमा १४ जना मुछिएका थिए । प्राधिकरणका अरु कर्मचारीहरुले भने सफाइ पाएका छन् ।
त्यसैगरी विदेशी कम्पनी मलेसियाको न्युमेरा, नमस्ते ग्लोबल सिङ्गापुर, ओएसी डिजिटल इन्डियालाई पनि अदालतले दोषी ठहर गरेको छ ।
यस्तै न्युमेरा कम्पनी मलेसियाका अध्यक्ष मोहम्मद नुर अमिन बिन मोहम्मद मुर खान पनि दोषी ठहर भएका छन् ।
कुल बिगो २३ करोड २० लाख ५९ हजार ३१४ कायम भएकोमा दामासायीका आधारमा जनही ५ करोड ८० लाख १४,८२८ जरिवाना गरिएको हो। दोषी ठहर भएका खनाल र झालाई एक वर्ष कैद र थप एक महिना गरी कुल १३ महिना कैद सजाय भएको छ।
बाँकी प्रतिवादी कर्मचारीले भने सफाइ पाएका छन् । प्राधिकरणका कर्मचारीहरू आनन्दराज खनाल दिपेश आचार्य सुरेन्द्र हाडा, अच्युतानन्द मिश्र, मीनप्रसाद अर्याल, विजयकुमार राई यादव विनोदचन्द्र श्रेष्ठ सूर्यप्रसाद लामिछाने प्रतीक्षा पौडेल,निराजन कोइरालाले सफाइ पाएका हुन् ।
यस्तै न्युमेरा कम्पनी मलेसियाका अध्यक्ष मोहम्मद नुर अमिन बिन मोहम्मद मुर खान पनि दोषी ठहर भएका छन् ।
सूचना अधिकारी रेग्मीका अनुसार कुल बिगो २३ करोड २० लाख ५९ हजार ३१४ कायम भएकोमा दामासायीका आधारमा जनही ५ करोड ८० लाख १४,८२८ जरिवाना गरिएको हो। दोषी ठहर भएका खनाल र झालाई एक वर्ष कैद र थप एक महिना गरी कुल १३ महिना कैद सजाय भएको छ।
बाँकी प्रतिवादी कर्मचारीले भने सफाइ पाएका छन् । प्राधिकरणका कर्मचारीहरू आनन्दराज खनाल दिपेश आचार्य सुरेन्द्र हाडा, अच्युतानन्द मिश्र, मीनप्रसाद अर्याल, विजयकुमार राई यादव विनोदचन्द्र श्रेष्ठ सूर्यप्रसाद लामिछाने प्रतीक्षा पौडेल निराजन कोइरालाले सफाइ पाएका हुन् ।