काठमाडौँ । जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पांग्राबिना नै काठमाडौंमा सकुशल अवतरण गरेको छ ।
बिहीबार अपराह्न जनकपुरबाट काठमाडौंका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पांग्राबिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको थियाे ।
दिउँसो ४ः३९ बजे जनकपुरबाट काठमाडौंका उडेको (एनएएनएच) कलसाइन रहेको उक्त जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ः०६ बजे सुरक्षित अवतरण गरेको थियो ।
उक्त जहाजको नोज ल्यान्डिङ गियरको एउटा टायर जनकपुरकै रनवेका झरेको फेला परे छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाज ग्राउन्डेड गर्दै अनुसन्धान सुरु गरिएको छ ।
उनले भने, ‘काठमाडौंमा अवतरण भएपछि मात्रै जहाजको नोज ल्यान्डिङ गियरको एउटा टायर नभएको थाहा भयो । ल्यान्डिङ गियरसँगै नोज ह्विल रहने भएका कारण पाइलटलाई इन्डिकेसन आउँदैन । जहाज ग्राउन्डेड गरि अनुसन्धान सुरु भएको छ । अवतरणलगत्तै पाइलटले जाँच गर्दा नोज ह्विल जनकपुरमै छुटेको रिपोर्ट आएको हो ।’