काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेकी अन्जना शाह रावल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेकी छन्।
उनी राप्रपाको महिला संगठनको अध्यक्षमा थिईन् ।
उनले २०८१ असार ६ गते राप्रपा परित्याग गरेकी थिइन्।
बुधबार रावललाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वागत गरेका हुन् ।
अहिले कथित नवराजावादीहरू हाबी भइरहेको उल्लेख गर्दै उनले २०६२/०६३ देखि नै हिन्दु राज्य र राजासहितको प्रजातन्त्र मुद्दा जन्माउने कमल थापा नेतृत्वको पार्टीमा योगदान गर्न प्रवेश गरेको बताएकी छन्।
‘२०६२/०६३ देखि नै हिन्दु राज्य र राजासहितको प्रजातन्त्र मुद्दा जन्माउने कमल थापालाई राजनीतिक घेराबन्दी पारिएको छ। कथित राजावादीहरू हाबी भइरहँदा मलाई लाग्यो थापा नेतृत्वको पार्टीमा गएर योगदान गर्नुपर्छ,’ उनले भनिन्।