मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

९२ उपसचिवहरुको सरुवा तथा पदस्थापन, अधिकांश स्थानीय तहमा (सूचीसहित)

बिहिबार, फाल्गुन २२ २०८१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ९२ जना उपसचिवको सरुवा तथा पदस्थापना गरेको छ ।

बुधबारको निर्णयअनुसार भर्खरै मात्र उपसचिवमा बढुवा भएका ३९ जनालाई विभिन्न मन्त्रालय र मातहतका कार्यालयमा पदस्थापन गरिएको हो ।

त्यस्तै ५३ जना उपसचिवलाई सरुवा तथा काजमा खटाइएको छ । उनीहरूमध्ये अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिमा समन्वय अधिकारीको रुपमा खटिएका छन् ।

मन्त्रालयले लामो समयदेखि एउटै स्थानमा कार्यरत उपसचिवहरूको व्यवस्थापन गर्दै नयाँ नियुक्तिहरू स्थानीय तहमा पठाएको हो।