मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

आज अर्थसहित दुई संसदीय समितिको बैठक बस्दै

मंगलबार, फाल्गुन २० २०८१

काठमाडौँ। सङ्घीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएका छन् । जसअन्तर्गत बिहान ११ बजे  अर्थ समितिको बैठक बस्नेछ ।

अर्थ समितिको बैठक कक्ष बस्ने बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बोलाइएको छ ।

बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समृद्ध पदाधिकारीसँग छलफल,  गर्ने कार्यसूची रहेको छ ।