मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

कस्तो रहला आजको मौसम ?

सोमबार, फाल्गुन १९ २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकोले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल स्थानीय र पश्चीमी न्यूनचापीय कुनै प्रणालीको प्रभाव छैन ।

देशका पहाडी भू(भागका केही क्षेत्रमा भने आंशिक बदली हुने सम्भावना छ तर वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।