बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले सचिवालय बैठक : यस्ता छन् निर्णय

सोमबार, फाल्गुन १९ २०८१

काठमाडौं । नेकपा एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णय गरेको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको बैठकले जनसङ्गठन समन्वय सम्बन्धी निर्देशिकामा संशोधनबारे आवश्यक निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार बैठकले जनसङ्गठन समन्वय संयन्त्रले प्रस्ताव गरे बमोजिम जनसङ्गठनको केन्द्रीय कमिटीको अधिकतम सङ्ख्या क्रमशः १५० र ९९ मा सीमित गर्ने निर्णय गरेको छ । यस्तै जनसङ्गठनको हालको अधिकतम १७ पदाधिकारीहरूको सङ्ख्या घटाई ९ मा सीमित गर्ने, अध्यक्ष र महासचिवका अतिरिक्त उपाध्यक्ष महिला सहित २, उपमहासचिव १ र संगठन– प्रचार– विदेश र कोषको जिम्मेवारी तोकेरै सचिव (कोषध्यक्ष भएमा सो सहित)को सङ्ख्या ४ मा सीमित गर्ने निर्णय भएको छ ।

यसैगरी स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरूको कार्यशाला आगामी चैत महिनाभित्र सम्पन्न गर्ने,  केन्द्रीय प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डे (लमजुङ) र स्थानीय विकास विभाग सचिवमा नवराज गेलाल (भक्तपुर)लाई मनोनयन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यसैगरी अप्रिल २२ (वैशाख ९, २०८२) पार्टीको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाउने एमालेले निर्णय गरेको छ ।