बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, डीएसपी पौडेल घाइते

आइतबार, फाल्गुन १८ २०८१

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आइतबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भडप हुँदा डीएसपी गंगा पौडेल घाइते भएका हुन् । टाउकोमा चोट लागेको पौडेलको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।

संघर्ष समितिले केही समयदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएको छ ।