काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ ।
ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा आइतबारदेखि बैठक बस्न लागेको हो । प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक फागुन २० सम्म चल्ने छ ।
बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभिायान’ को समीक्षा हुनेछ । बैठकमा पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए । बैठक तीन दिन सम्म चल्नेछ ।