काठमाडौँ । शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दका अनुसार राति २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का सातै प्रदेशमा महसुस भएको छ ।
भूकम्पको धक्का भारतमा पनि महसुस भएको छ। भूकम्पको झट्का भारतका पटना र बिहार आसपासका क्षेत्रमा महसुस भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसैगरी, भूकम्पको धक्का पश्चिम बंगालको उत्तरी क्षेत्रमा पनि महसुस गरिएको समाचारमा उल्लेख छ ।
भूकम्प गएपछि काठमाडाैँ उपत्यकामा मानिस घरबाट निस्किएर होहल्ला गरेका थिए । भूकम्पपछि आत्तिएर भाग्ने क्रममा सिन्धुपाल्चोकमा एक जना सामान्य घाइते भएका छन् । उनी जिल्ला कारागारका कैदी हुन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।
अरु विवरण आउन बाँकी छ ।