चितवन । प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा तिलकराम रिमाल सर्वसम्मत चयन भएका छन्।
चौतारीको बागमती प्रदेश समितिको सोमबार नारायणगढमा सम्पन्न दोस्रो अधिवेशनले रिमालको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट २८ सदस्य चयन भएका र तीन जनापछि थप गरिने नवनिर्वाचित अध्यक्ष रिमालले जानकारी दिए । उनका अनुसार समितिको उपाध्यक्षमा उज्ज्वल पौडेल, उपाध्यक्ष (महिला) तारादेवी बस्नेत र महासचिवमा प्रकाश दाहाल सर्वसम्मत भएका हुन् ।
यस्तै, सचिवमा गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, रूपक कोइराला, समावेशी सचिवमा नवराज श्रेष्ठ, जगमान तामाङ र कोषाध्यक्षमा रामशरण दुलाल सर्वसम्मत भएका छन् ।