बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भाषाविद् चूडामणि गौतमको निधन

मंगलबार, फाल्गुन १३ २०८१

काठमाडौं । ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो ।

गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ । जो नेपालमा सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

उनको जन्म २००७ साल असोज १ गते तेह्रथुमको खाम्लालुङ-१ पाकतिनमा भएको थियो । गौतम ग्रामरका नामले चिनिने चुडामणि गौतमको अंग्रेजी ग्रामर २०३७ सालमा प्रकाशित भएको थियो ।

उनकी श्रीमती जानुका गौतमको पहिला नै मृत्यु भइसकेको छ। छोरा नितिरमण गौतम झापाको मेचीनगर नगरपालिका १२ पाथीभराचोकमा बस्दै आएका छन्।