मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

बिहिबार, फाल्गुन ८ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार सचिवालय बैठक बोलाएको छ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय चःमतिमा बस्ने छ ।

सचिवालय बैठकमा समसामयीक र पार्टी गतिविधिबारे छलफल हुनेछ।

बैठकमा नियमावली र कार्यविधिहरु ९प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ ९कार्यविधि प्रतिस्थापन०, र्‍याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१० लगायतमाथि छलफल हुनेछ।

यस्तै फागुन १६ गतेदेखि पार्टीले सञ्चालन गर्न लागेको सर्वाङ्गीण सम्वाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारीबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।