मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

बिहिबार, फाल्गुन ८ २०८१

बैतडी । बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु भएको छ ।

डिलासैनी गाउँपालिका ३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारिलका खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उनलाई तत्काल गोकुलेश्वर अस्पताल पुर्‍याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ ।
हाल घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ ।