बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल : नेपालले आज लेबनानसँग खेल्दै

बिहिबार, फाल्गुन ८ २०८१

काठमाडौँ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज (बिहीबार) नेपालले लेबनान सँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार साँझ ६ बजे लेबनान र नेपाल दुवै टिमले जारी लिगको दोस्रो खेल खेल्दैछन् ।

यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले पराजित गरेको थियो । नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ । लेबनानले आफ्नो पहिलो खेलमा बलियो मानिएको म्यानमारविरुद्ध उत्कृष्ट खेल खेलेको थियो । यद्यपि खेलमा लेबनान ३–१ गोलले पराजित भएको थियो ।

अघिल्लो खेलमा नेपालकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले दोस्रो हाफमा मात्र खेलेकी थिइन् ।

नेपालले लेबनानसँग दोस्रो पटक खेल्न लगेको हो ।यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेबनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जहाँ नेपालले २–१ गोलले जित निकालेको थियो ।