शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

उपप्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति कीर्तिपुरस्थित बर्न अस्पताल जाँदै

आइतबार, फाल्गुन ४ २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई भेट्न जाने भएका छन्।

राष्ट्रपति पौडेल बिहान १० बजे अस्पताल जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए । उनीहरुको उपचार कीर्तिपूर बर्न अस्पतालमा उपचार भइरहेको छ ।