अध्यक्षमा बाबुरामलाई नेत्र चापागाईँको चुनौती
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् ।
जारी महाधिवेशनमा महिला उपाध्यक्षमा मानुषी र दलित उपाध्यक्षमा सोबको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।
आदिवासी जनजाती उपाध्यक्षमा भने चार जनाको उम्मेदवारी परेको छ । जसमा रामबहादुर घले, टेकबहादुर बाठामगर, अनुपसिंह सुवाल र दलबहादुर लिम्बु छन् ।
यसैगरी मधेशी/थारु उपाध्यक्षमा उमेश साह र चिनक कुर्मीको उम्मेदवारी परेको छ ।
अध्यक्षमा भने डा. बाबुराम भट्टराई र नेत्र चापागाईँ भिड्दै छन् ।
अहिलेसम्म दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् । आज हुने मतदानबाट ११ पदाधिकारीसहित ९९ जनाको कार्यसमिति निर्माण हुने छ ।