मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

शानदार म:म पसल आगलागीमा घाइते दुई जनाको मृत्यु

मंगलबार, माघ २९ २०८१

काठमाडौं । कमलपोखरीमा रहेको शानदार म:मको भवनमा आगलागीबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

उनका अनुसार सोमबार राति ९ बजेतिर रविन राई र मंगलबार रातको २ बजेतिर भीमबहादुर घलेको मृत्यु भएको हो।

माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो।

आगलागीबाट ११ जना कामदार घाइते भएका थिए।  अरु घाइतेकाे उपचार भइरहेकाे छ ।